धनुषामा अंश विवादका कारण छोराले गरे बुवाको हत्या
प्रतीकात्मक तस्वीर

धनुषामा अंश विवादका कारण छोराले बुवाको हत्या गरेका छन् । 

धनुषाधाम नगरपालिका-१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै छोरा श्रीकृष्ण यादवले गरे हत्या गरेका हुन् । 

बुवा छोराबीच अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले गएराति करिब १ बजेको समयमा मसाला कुट्ने खलको बिड प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

श्रीकृष्णलाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।

मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटीसमेत थिचिएको बताइएको छ ।

मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मृतकका तीन छोरा छन् । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १३:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया