सत्तारुढ नेकपा एमालेको बागमती प्रदेश समितिले मेलम्ची बाढी पीडितहरूको समस्या सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मेलम्ची बाढी पीडितको समस्या सम्बोधनका लागि ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष पोखरेलले गत असार १ गते मेलम्ची खोलामा आएको बाढीमा परी क्षति भोगेका स्थानीयको समस्या सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष पोखरेलले मेलम्ची बाढीमा परी क्षति ब्यहोरेका र समस्यामा परेका परिवारको उचित सम्बोधन गर्नका लागि प्रधानमन्त्री अोलीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।