मौसमी वायुको प्रभावका कारण आज मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार धेरै स्थानमा पानी पर्ने र पाँच प्रदेशमा भारी वर्षा हुनेछ ।
प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
यसै गरी आज (शनिबार) राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी हुन सक्ने मौसमविदहरूले बताएका छन् । आज राति प्रदेश-१ प्रदेश-२ र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा हुन सक्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।