विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला टिमले १ स्थान सुधार गरेको छ ।
नेपाल १ स्थान सुधार गर्दै १०० औं स्थानमा उक्लिएको हो । यता एसियाली वरियतामा भने नेपाल २१ औं स्थानमा अवस्थित छ ।
नेपाल दक्षिण एसियाली राष्ट्रमा दोस्रो स्थानमा छ । नेपालभन्दा अगाडि ५७ औं स्थानमा भारत छ ।
नेपालभन्दा पछि बंगलादेश १३७, श्रीलंका १४३, माल्दिभ्स १४४ र भुटान १६१ औं स्थानमा रहँदा पाकिस्तान भने वरियतामा अटाउन सकेको छैन ।
अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विडेन, इङ्ल्यान्ड, ब्राजिल, क्यानडा, अस्ट्रेलिया, जापान क्रमश वरियताको शीर्ष देखि १० औं स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।