राैतहटमा पानीकाे विषयमा दुई परिवारबीच झडप, १५ जना घाइते

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर-१ मर्यादपुरमा जमेको पानीको विषयलाई लिइ दुई पक्षबीच झडप भएको छ ।  

स्थानीय मुवाली साहले जमेको पानी हृदय नारायण यादवको घरतर्फ पानी कटाएको निहुँमा झडप हुँदा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । 

झडपमा परी यादव पक्षका ७ जना र साह पक्षका ८ जना घाइते भएको उनले बताए । शाहका अनुसार उनीहरूको मौलापुरमै स्थानीय स्तरमा उपचार भइरहेको छ । 

दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य रहेको एसपी शाहले जनाए।



यता नेकपा एमालेका नेतासमेत रहेका पूर्वमन्त्री प्रभु साहले ज्यान मार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।



उनले एउटै परिवारमाथि दिनदहाडै यसरी निर्मम हत्याको प्रयास हुनु दुःखद मात्र नभई २१ औं शताब्दीमा लोकतन्त्र एवं कानुनी राज्यको उपहास समेत भएकाले घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न सम्पूर्ण दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न गृह प्रशासनसँग माग गरेका छन् ।

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १५:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया