रामोस आफैले रियलको प्रस्ताव अस्वीकार गरेका हुन्: पेरेज
फरकधार / १२ असार, २०७८

रियल मड्रिडको अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्ना पूर्व कप्तान तथा डिफेन्डर सर्जिओ रामोससँग सम्झौता नवीकरणका लागि प्रस्ताव गरेको तर उनैले अस्वीकार गरेको बताएका छन् । 



‘हामीले रामोसलाई समयसीमा सहित सम्झौता नवीकरणको प्रस्ताव गरेका थियौँ । तर उनलै प्रस्ताव स्वीकारेनन्’,पेरेजले भने । 

विदेशी सञ्चारमाध्यमका अनुसार रोमोसले रियलसँग २ वर्षका लागि सम्झौता नवीकरण गर्ने प्रस्ताव राखे पनि क्लब १ वर्षका लागि मात्र तयार थियो । 



केहीले रामोस र इकर क्यासिलसको बहिर्गमनलाई तुलना गर्ने गरे पनि पेरेजले यी दुई पूर्व कप्तानको बहिर्गमनको परिस्थिति निकै फरक रहेको बताएका छन् । 



रामोसले अघिल्लो साता क्लब छाडेको प्रसंगमा पेरेज भन्छन्, ‘बिदाइका क्रममा पत्रकार सम्मेलनमा म उनको साथ थिइनँ । किनकि म कहिल्यै पनि कुनै खेलाडीसँग त्यसरी पत्रकार सम्मेलनमा बसेको छैन । म उनीसँग अन्तिम समयसम्म पनि सम्पर्कमा थिएँ । रामोससँग मेरो कुनै गुनासो छैन । उनी रियलका महान खेलाडी हुन्, जसलाई हामीले गुमाइसकेका छौँ ।’
 
‘रामोसले अर्कै सोच राखेका होलान् तर जीवन अघि बढ्दै गर्छ । हामीले उनको प्रस्ताव अनुसार सम्झौता गर्न सकेनौँ । यदि कुनै क्लबले रामोसको प्रस्ताव स्वीकार गरेर अनुबन्ध गर्न सफल हुन्छ भने म निकै खुसी हुनेछु ।’

पेरेजले क्यासिलसको बारेमा पनि आफ्नो धारणा यसरी राख्छन्,‘ क्यासिलस रियलका महान खेलाडी हुन् । हामी सधैं उनलाई उत्कृष्ट सम्झिरहनेछौँ । यहाँका मान्छेहरू सुखद बिदाइ होस् भन्ने चाहन्थे भन्ने उनले राम्रोसँग बुझेका थिए । बिदाइ कार्यक्रम अस्वीकार गर्ने क्यासिलसको बचपना थियो ।’

रोमोसले सन् २००५ देखि २०२१ र कासिलासले १९९९ देखि २०१५ सम्म रियलमा बिताएका थिए । 

 


 

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १५:३५:१३,   अन्तिम अपडेट : असार १२, २०७८ शनिबार १५:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया