काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् । 

कोरोना संक्रमण दर उल्लेख्य मात्रामा घट्न नसकेको निष्कर्षका साथ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको हो ।

आइतबार उपत्यकाका तीनै सिडिओको बैठक बसेर निषेधाज्ञाको अवधि थप एकसाता लम्ब्याउने निर्णय गर्ने बुझिएको छ । यद्यपि, निषेधाज्ञाा केही खुकुलो पार्ने तयारी छ। 

यातायात व्यवसायीले सार्वजनिक यातायात खुलाउन दबाब दिए पनि तत्काल खुला गर्ने अवस्था नरहेको तीनै प्रजिअको निष्कर्ष छ । 

स्वास्थ्य मन्त्रालयको सुझाबलाई आधार मानेर बाँकी निर्णय गर्ने उनीहरुको भनाइ छ । 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १९:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया