संसद विघटनसम्बन्धी रिटमाथि सुनुवाइ सुरु

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी रिटमाथि आजको सुनुवाइ सुरु भएको छ । निरन्तर सुनुवाइका क्रममा आजको सुनुवाइ सुरु भएको हो । 

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर परेका रिटमाथि आजपनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सर्वोच्चमा संसद विघटनसँग सम्बन्धित ३० वटा मुद्दा रहेका छन् । 

गएको शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो । सर्वोच्चमा परेका सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट हालेका थिए । 

प्रतिपक्षको सहित संसद विघटनलाई आधार बनाएर अदालतमा ३० वटा रिट परेका हुन् । ती सबै रिटलाई संवैधानिक इजलासले टुङ्गो लगाउने छ । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार ११:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया