भीमार्जुन आचार्यको प्रश्न : देउवाको दाबी अस्वीकार गर्ने अधिकार राष्ट्रपतिले कसरी पाउनुभयो ?
फाइल तस्बिर

सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी रिटहरुमाथि निरन्तर सुनुवाइ जारी रहेको छ । संवैधानिक इजलासमा आजको वहसमा रिट निवेदक तर्फबाट वहसमा उत्रिएका संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपतिको कदममाथि प्रश्न उठाएका छन् । 

वहसका क्रममा आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पदका लागि गरेको दाबी अस्वीकार गर्ने अधिकार नभएको बताएका छन् । उनको प्रश्न छ, ‘राष्ट्रपतिले दाबीलाई कसरी अस्वीकार गर्ने अधिकार पाउनुभयो ?’

संवैधानिक इजलासमा आचार्यले गरेको वहसको सारसंक्षेप :-
संविधानतः प्रधानमन्त्रीको पद रिक्त हुने भनेको धारा ७६ (४) र ७७ दुईवटा छन् । यहाँ यी दुवैबाट रिक्त नगरी बदनियत साथ नयाँ प्रधानमन्त्री नियुक्तिको आव्हान भयो । 

यो अवस्थामा प्रधानमन्त्री नियुक्ति हुनै सक्दैन । एउटै कार्यकालमा संविधानको धारा ७६ को सबै उपधारा अनुसार एउटै व्यक्ति केपी ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना गरेको छैन । 

तर, यहाँ यही हुने गरी अभ्यास भइरहेको छ । ह्विप उल्लंघन गरेर मतदान गरेको अवस्थामा सांसदहरुलाई कारबाही गर्ने हो । 

देउवाले गरेको दाबीलाई समेत राष्ट्रपतिले कसरी अस्वीकार गर्ने अधिकार पाउनुभयो ?





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १२:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया