युरो कपमा पाेर्चुगल भर्सेस बेल्जियम : यस्ताे छ इतिहास

युरो कप अन्तिम १६ अन्तर्गत आइतबार (आज) दुई उपाधि दाबेदार मानिएका बेल्जियम र साविक विजेता पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने १ बजे स्पेनको सेभिल्लामा हुनेछ । बेल्जियम समूह ‘बी’ बाट विजेता र पोर्चुगल समूह ‘डी’ बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरणमा पुगेका हुन् ।

समूह चरणको तिनै खेलमा अपराजित रहेको बेल्जियम पोर्चुगलविरुद्ध पनि सोही नतिजालाई जारी राख्ने प्रयासमा हुनेछ । 

पोर्चुगल पनि बेल्जियमलाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गर्ने सोचका साथ मैदानमा उत्रिनेछ ।

बेल्जियम र पोर्चुगलबीचकाे इतिहास

यी दुई पहिलोपटक कुनै पनि ठुला प्रतियोगितामा एक अर्काको सामना गर्दै छन् ।
बेल्जियमले सन् १९८९ मा विश्वकप छनोट अन्तर्गत भएको खेलमा ३-० ले पराजित गरेयता पोर्चुगललाई हराउन सकेको छैन । 



१९८९ यता भएका ५ खेलमा ३ खेल पोर्चुगलले जित्दा २ खेल बराबरीमा सकिएको छ । 

रोबर्ट मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमले पछिल्ला ५८ मध्ये २ खेलमा मात्र गोल गर्न सकेको छैन ।



जारी युरो कपको समूह चरणमा बेल्जियमले गरेका ७ गोल (१ आत्मघाती सहित) मध्ये ३ गोलमा केभिन डी ब्रुएनको संलग्नता छ । उनले १ गोल गर्दा २ गोलका लागि अवसर सिर्जना गरेका छन् । 

जारी युरो कपको समूह चरणमा पोर्चुगलले गरेका ७ गोल मध्ये ५ गोलमा क्रिस्टियानो रोनाल्डोको संलग्नता छ । उनले ५ गोल गर्दा १ गोलका लागि अवसर सिर्जना गरेका छन् । 

पोर्चुगल लगातार दोस्रोपटक तेस्रो स्थानमा रहेर युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो । 

सन् २०१६ मा पनि तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको पोर्चुगलले उपाधि नै उचालेको थियो । 

पोर्चुगलले समूह चरणमै ६ गोल व्यहोरी सकेको छ । जुन उसले सन् २०१६ मा उपाधि जित्दाखेरि भन्दा १ गोल बढी हो । 

समूह चरणमा समान १ जित, बराबरी र हारको नतिजा निकालेको पोर्चुगलले मात्र ४ अंक जोड्यो । 

यो सन् २००८ पछि साविक विजेताले जोडेको सबैभन्दा कम अंक हो । सन् २००४ को विजेता ग्रिस सन् २००८ मा अंकविहीन बनेको थियो । 


 

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १४:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया