धान उत्पादनमा १.३ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताइन् । अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले आइतबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो । 

विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा १ प्रतिशत र धान उत्पादनमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । निमित्त महानिर्देशक पण्डितले आगामी दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकिलो र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । 

देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरु रहेको उनले बताइन् । पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको पनि उनले जानकारी दिइन् । 

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिएको छ । यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस मनाइने निमित्त महानिर्देशक पण्डितले बताइन् । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १८:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया