काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने पक्का, अवधिबारे सोमबार निर्णय हुने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । तीन जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञा थप्ने विषयमा छलफल गरेको हो । 

यस सम्बन्धमा सोमबार निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुने गरी निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने उनले बताए । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्नेलगायत सुझाब दिएको भए पनि उपत्यकाका तीनवटै जिल्लाले आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले परामर्शमै रहेको पराजुलीले बताए । 

उपत्यकामा संक्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए । निषेधाज्ञा पूरै नखोल्न र लामो दूरीका सवारी साधनलाई अझै एक–डेढ हप्ता खोल्न नहुने सुझाब आएको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १९:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया