नेपालमा नक्कली खोपको बिक्री–वितरण बढेको भन्दै छानबिनको माग

नेपालमा कोरोनाविरुद्धको नक्कली खोपको बिक्री–वितरण भएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले छानबिनको माग गरेको छ । भारतीय नाकाआसपासमा नक्कली खोपको बिक्री भएको सूचना प्राप्त भएको भन्दै मञ्चले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । 

पूर्वी नाकाहरुबाट काठमाडौंलगायत सहरी क्षेत्रमा अवैध रुपमा नककली कोभिसिल्ड खोप ३ हजारदेखि ५ हजार रुपैयाँ सम्ममा बिक्री–वितरण भइरहेको गोप्य सूचना प्राप्त भएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए । 

 ‘सरकार संयन्त्रबाट नै खोप गायब भएको समाचार र भारतको बंगालमा नक्कली कोभिसिल्डको बिक्री भइरहेको समाचारलाई विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

तत्काल यस विषयमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न महर्जनले माग गरेका छन् । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार २०:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया