क्रियाशील सदस्यताको टुंगो लाग्दै छ, पूर्वनिर्धारित समयमै महाधिवेशन हुन्छ : लेखक

नेपाली कांग्रेसले पूर्वनिर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणको कामलाई टुंगो लगाउने भएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन समयमै सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाइएको जानकारी दिए ।

पार्टीको आन्तरिक समायोजनका कारण अवरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोकलगायत जिल्लामा आइतबारदेखि काम अघि बढेको उनले जानकारी दिए । कुनै पनि जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यतासम्बन्धी काम नरोकिएको उनको भनाइ छ । 

नेता लेखकले अवरुद्ध क्रियाशील सदस्यता ‘इन्ट्री’को काम पनि अघि बढेको बताए । देशभरबाट ८ लाख २० हजार सदस्यता इन्ट्री भएको उनले जानकारी दिए । केही जिल्ला र क्षेत्रमा अहिले इन्ट्रीको काम जारी रहेको उनको भनाइ छ । 

यससम्बन्धमा उजुरी गुनासोका लागि तोकिएको समय समाप्त भइसकेको छ । देशभरबाट प्राप्त उजुरी र गुनासोका विषयमा छलफल भइरहेको र समान धारणा बनाउने प्रयास जारी रहेको उनले बताए ।

पार्टीको वडा देखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व सर्तको रुपमा रहेका क्रियाशील सदस्यताको छानबिन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रित भएर छलफल अघि बढेको लेखकको दाबी छ । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार २०:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया