आज (सोमबार) सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले गण्डकी र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा हुनेछ । यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
प्रदेश-१ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान महाशाखाले गरेको छ ।
भोलि देशभर अधिकांश स्थानमा पानी पर्नेछ । प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।