कोरोना भाइरसबाट विश्वभर ३९ लाख २१ हजारकाे मृत्यु

कोरोना भाइरसले सारा संसारलाई आक्रान्त पारेको छ । भाइरसले रोकिने नाम लिएको छैन । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ३९ लाख २१ हजार ९७४ जनाले ज्यान गुमाएका छन् भने १८ करोड १० लाख ३८ हजार ७५४ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अमेरिकामा हालसम्म ६ लाख ३ हजार ९६६ जना संक्रमितले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म ३ करोड ३६ लाख २४ हजार ८७१ जनामा संक्रमण पुष्टि भएको छ । 

अमेरिकापछि सबैभन्दा धेरै मर्नेको सूचीमा ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख १३ हजार ४७४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यहाँ १ करोड ८४ लाख २० हजार ५९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

छिमेकी मुलुक भारत संक्रमितको हिसाबले दोस्रो र मर्नेहरूको हिसाबले तेस्रो स्थानमा रहेको छ । भारतमा अहिलेसम्म ३ लाख ९५ हजार ७५१ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड २३ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी मेक्सिकोमा २ लाख ३२ हजार ५२१, पेरुमा १ लाख ९१ हजार ५८४, रसियामा १ लाख ३१ हजार ७०, बेलायतमा १ लाख २८ हजार ३६४, इटालीमा १ लाख २७ हजार ४७२ र कोलम्बियामा १ लाख ४ हजार ६७८ जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार ९:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया