बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जना संक्रमितको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको थियो ।
मृत्यु हुनेमा प्युठान झिमरुक गाउँपालिका-३ का ३८ वर्षीय पुरुष, दाङ घोराही उपमहानगरपालिका-११ का ६८ वर्षीय पुरुष र दैलेख आठबिस नगरपालिका-४ का ७३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै बाँकेमा ६७१ जना संक्रमितले ज्यान गुमाइरहेका छन् । जसमध्ये बाँकेका ३१० र बाहिरी जिल्लाका ३६१ जना रहेका छन् ।
पछिल्लो समय संक्रमितको संख्यामा कमी आएसँगै भेरी अस्पतालमा बिरामीको चाप घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।