गाेकुल बाँस्कोटाको कटाक्ष : मदनको सम्झनामा एमाले एकतावद्ध पार्ने कि कलम पार्टी बनाउने ?

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मदन जयन्तीको अवसरमा वरिष्ठ नेता माधव कुमार नेपालले गरेको आव्हानलाई लिएर उनीमाथि कटाक्ष गरेका छन् ।

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत बाँस्कोटाले एमाले एकता र अहिलेको परिस्थितिका विषयमा वरिष्ठ नेता नेपालमाथि कटाक्ष गरेका हुन् । 

मदन जयन्तीको अवसरमा सोमबार नेता नेपालले मदनलाई श्रद्धाञ्जलि दिँदै वृहत कम्युनिष्ट एकताको आह्वान गरेका थिए । सोही विषयलाई लिएर बाँस्कोटाले नेपालमाथि व्यङ्ग्य गरेका हुन् । 

बाँस्कोटाले लेखेका छन्, 'जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट एकीकृत गर्न आह्वान गरेको रहेछ । कुरा राम्रै हो ।' 

मदनलाई श्रद्धाञ्जलि दिँदै उनले थप लेखेका छन्, ‘तर, सग्लो पार्टी धुजा धुजा पार्न बुर्कुसी मार्नेले एमाले एकतावद्ध पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो ? कन्फ्युज्ड भैयो ।'



 



  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १२:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया