सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज ३ देखि
फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद ‘ए’ डिभिजन लिगको नयाँ मिति तय गरेको छ ।

एन्फाले सोमबार १४ वटा ‘ए’ डिभिजन क्लबसँगको छलफलपछि लिग सेप्टेम्बर १९ (असोज ३) देखि सुरु गर्ने निर्णय गरेको हो । लिग असोजमा हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन । 

लिगका लागि खेलाडी दर्ता जुलाई ३० (साउन १५) देखि खुला गरिने एन्फाले बताएको छ । 

कोरोना महामारीका कारण अघिल्लो वर्ष लिग आयोजना हुन सकेको थिएन । २०७६ सालमा भएको लिग मछिन्द्र क्लबले जितेको थियो । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १७:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया