काठमाडौं उपत्यकामा आज(मंगलबार) देखि जोर बिजोर प्रणाली अनुसार सार्वजनिक यातायात सुचारु हुने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख तीन जिल्लाका अधिकारीको सोमबार बसेको संयुक्त बैठकले मंगलबारबाट सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेका थिए । बैठकले उपत्यकामा थप एक साता निषेधाज्ञा थप्दै यस्ताे निर्णय गरेकाे हाे ।
कोरोना संक्रमितको संख्या कम भएपनि जोखिम भने उत्तिकै रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ । २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात आजबाट सुचारु हुनेछन् । निजी सवारीसाधन भने जोर बिजोर प्रणाली अनुसार पहिलाबाट नै सुचारु भइसकेका छन् ।
उपत्यकामा सार्वजनिक यातायात सुचारु भएपनि लामो दूरीका यातायात भने सुचारु गर्न पाइने छैन ।
यसै गरी सबै किसिमका पसलहरू बिहानदेखि बेलुकासम्म खुल्न पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।