आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने भनिएको आइसिसी टि-२० पुरुष विश्वकप सर्ने पक्का भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना महामारीका कारण आफूले प्रतियोगिता आयोजना गर्न नसक्ने भन्दै युएईमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पत्राचार गरेको हो ।
आइसिसीले अबको केही दिनमा प्रतियोगिताको बारेमा आधिकारिक जानकारी दिने बिसिसिआईले बताएको छ ।
बिसिसिआईले विभिन्न सञ्चारमाध्यमले आइसिसी विश्वकप अक्टोबर १७ देखि आयोजना हुने बताए पनि त्यो आधिकारिक भने नभएको जनाएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएलका) कारण टि-२० विश्वकपका केही खेल ओमनमा हुनेसक्ने सम्भावना पनि छ ।
विश्वकप अघि युएईका तीन सहर अबुधाबी, सारजहा र दुबईमा इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल हुनेछन् ।
टि-२० विश्वकपमा १६ टोलीको सहभागिता रहने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।