आजको मौसम कस्तो छ ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(मंगलबार) प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । 

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका सबै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

रातिमा भने प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने भारी वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

अहिले गण्डकी र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार बुधबारदेखि भने देशैभरि मनसुनको सक्रियता बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ। 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ७:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया