कोपा अमेरिकामा अर्जेन्टिनाले सानदार जित निकालेको छ । अर्जेन्टिनाले मंगलबार बिहान ओलिम्पिको फुटबल मैदानमा समूह चरणको अन्तिम खेलमा बोलिभिया माथि ४-१ को सहज जित हात पारेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले २, एलेजान्द्रो गोमेज र लाउटारो मार्टिनेजले १-१ गोल गर्दा बोलिभियाका एर्विन सावेद्राले १ गोल फर्काए ।
खेलको पाँचाैँ मिनेटमै गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लियोन मेसीले ३२ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
मेसीले नै ४१ औँ मिनेटमा अर्जेन्टिनाका लागि तेस्रो गोल गरे । ६० औँ मिनेटमा सावेद्राले बोलिभियाका लागि १ गोल फर्काए ।
६४ औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो ।
जितसँगै ४ खेलमा २ जित र समान १ बराबरी नजिता निकालेको अर्जेन्टिना १० अंकसहित समूह ‘ए’को विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ ।
४ वटै खेलमा पराजय व्यहोरेको बोलिभिया अंकविहीन हुँदै अन्तिम स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।