मास्क नलगाउने अष्ट्रेलियाका उपप्रधानमन्त्रीलाई २ सय डलर जरिवाना

अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसलाई कोरोना महामारीमा जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै जरिवाना गरिएको छ । उपप्रधानमन्त्री जाेयसले २ सय अमेरिकी डलर जरिवाना तिरेका हुन् । 

नेसनल पार्टीका नेतासमेत रहेका जोयस आर्मिडेलमा एउटा पेट्रोल पम्पमा बिनामास्क उपस्थित भएका थिए । उनी पेट्रोल सर्भिस स्टेसनमा बिनामास्क सेवा लिन गएको भन्दै जरिवानामा परेका हुन् । 

न्यू साउथ वेल्स प्रहरीले उपप्रधानमन्त्री जोयसलाई जरिवाना तिराएको पुष्टि गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै मास्क नलगाएकोमा जोयसलाई जरिवाना तिराइएको हो । 

उपप्रधानमन्त्री जोयसले भने आफू एयरपोर्ट जाने क्रममा हतारमा रहेकाले पेट्रोल स्टेसनमा उत्रँदा मास्क लगाउन भुलेको बताएका छन् । उनले आफूले जरिवाना तिरेको बताएका छन् । 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १२:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया