नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल तातेसँगै नेताहरुबीच निरन्तर छलफल तथा भेटघाट हुन थालेको छ । यसैक्रममा नेता प्रकाशमान सिंहको निवासमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला छलफलका लागि पुगेका छन् ।
सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान निधि र कोइराला लन्च मिटिङका लागि पुगेका हुन् । पछिल्लो साता निरन्तर भेटघाट र छलफलमा रहेका नेतात्रयबीच आगामी महाधिवेशनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ ।
आजको भेटमा पनि नेतात्रयबीच आपसी सहकार्य र साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको बताइएको छ । तीनैजना नेताहरुको १४औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बताएका छन् ।
भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन तय भएपछि नेता त्रय लगातार छलफलमा लागेका हुन् । यसअघि नेतात्रयबीच कोइराला निवास महाराजगञ्ज र निधि निवास बानेश्वरमा छलफल भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।