अब निजी अस्पतालमा कोरोना संक्रमितको उपचार शुल्क सरकारले नतिर्ने

अबदेखि सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्र कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर घट्दै गएसँगै निजी अस्पतालहरूसँग गरेको उपचार सम्झौता तोडेको छ । 

असार १४ गते बसेको सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अबदेखि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार शुल्क सरकारले नव्यहोर्ने भएको हो । 

असार १४ गतेसम्म निजी अस्पतालमा भर्ना भएका बिरामीको हकमा १० दिनसम्मको शुल्क सरकारले व्यहोर्ने र नयाँ बिरामीको उपचार शुल्क नव्यहोर्ने निर्णय गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । 

सबै निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई सरकारले तोकेको शुल्कभन्दा बढी नलिई उपचार गर्न गराउन समेत अनुरोध गरिएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १३:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया