फ्रेन्च फुटबलर केलियन एमबाप्पेलाई पेलेको सान्त्वना

फ्रेन्च फुटबलर केलियन एमबाप्पेले युरो कप अन्तर्गत सोमबार राति सम्पन्न भएको स्विट्जरल्यान्ड विरुद्धको खेलमा पेनाल्टी मिस गरे । जसको फलस्वरूप फ्रान्स युरो कप २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । 

दुबै टिम बीचकाे खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयमा ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएकाे थियाे ।

युरो कप २०२० मा केलियन एम्बापेले एक गोल पनि गर्न सकेका छैनन्।  

प्रतियोगिताभरि नै खराब प्रदर्शन गरेका पिएसजीका फरवार्डले निर्णायक गोल गर्न नसकेपछि उनलाई खेलाडीहरूले सान्त्वना दिइरहेका छन् । 

ब्राजिलका महान फुटबलर पेलेले पनि ट्विटर मार्फत् सान्त्वना दिएका छन् । उनले लेखेका छन्, ‘आफ्नो शिर उच्च राख, भोलि तिम्रो नयाँ यात्राको पहिलो दिन हो ।’

एमबाप्पेले तीन वर्ष अघि फ्रान्सले विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यति बेला उनले ४ गोल गर्दै विश्वकपको उत्कृष्ट युवा खेलाडी बने । त्यतिबेला उनले पेलेको तीन रेकर्ड बराबर गरेका थिए ।  






  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १३:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया