कमोडिटी मार्केट खोल्न न्यूनतम पुँजी डेढ अर्ब

नेपाल धितोपत्र बोर्डले  वस्तु विनिमय बजार सञ्चालन गर्ने अनुमति पत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका ‘२०७८’ लागू गरेको छ । वस्तु विनियम बजार सञ्चालनका लागि बोर्डले निर्देशिका जारी गरेको हो । निर्देशिका लागू भएसँगै  विदेशी रणनीतिक साझेदार संस्था भित्र्याउन बाटो खुला भएको छ ।

नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुनबमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न बोर्डबाट पूर्व स्वीकृति लिनुपर्ने उल्लेख  छ ।

यसैगरी अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रकृयालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकाले नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड ‘ख’ को व्यवस्थाबमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ बनाई लागू गरेको छ भन्ने निर्देशिकाको प्रस्तावनामा उल्लेख गरिएको छ ।

निर्देशिकाअनुसार संस्थाले वस्तुविनिमय बजारमा प्रवेश गर्नका लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड र अधिकतम २ अर्ब रुपैयाँ हुनुपर्ने उल्लेख छ ।

वस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरूले कम्तीमा ५१ प्रतिशत र बढीमा शतप्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनु पर्नेछ । प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १९:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया