रौतहटको वृन्दावनमा स्थानीय र प्रहरीबीच झडप

रौतहटको वृन्दावन नगरपालिकामा  स्थानीय र प्रहरीबीच हिजो (मंगलबार) झडप भएको छ । झडपमा परी केही प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । 

वृन्दावन नगरपालिकाका महिला अधिकारीहरूले नगरपालिकाको गेटमा ताला लगाएर आमरण अनसनमा  बसेपछि नगरपालिकाको काम प्रभावित भएको थियो । गेटमा अनसनमा बसेका महिलाहरूलाई प्रहरीले सम्झाउन जाँदा प्रहरीमाथि उनीहरूले ढुंगामुढा प्रहार गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धि बिक्रम साहले जानकारी दिएका छन् ।

धर्नामा बसेका महिलाको समूहले हानेको ढुंगा लागेर प्रहरीको गाडीमा समेत क्षति पुगेको र केही प्रहरी सामान्य घाइते भएको एसपी साहले बताए । 
 





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ६:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया