आजको मौसम कस्तो छ ?

जल तथा मौसम विभागले आजबाट मनसुन थप सक्रिय हुने बताएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र रहेको हुनाले मनसुन सक्रिय भएको हो ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । यी प्रदेशमा नदीनाला तथा खोलामा पानीको सतह बढ्नसक्ने भएकाले विभागले सतर्कता अपनाउनका लागि आग्रह गरेको छ ।

विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज (बुधबार)बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


 





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ७:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया