अमेरिकाका शीर्ष कमान्डर जनरल अस्टिन स्कट मिलरले तालिवानीलाई चेतावनी दिएका छन् । उनले हिंसा बन्द भएन भने हवाइ हमला गर्ने चेतावनी दिएका हुन् ।
मिलरले अफगानिस्तानको सुरक्षा स्थिति खराब हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । तालिवानीले अफगानिस्तानका ४०० मध्ये १०० जिल्लामा कब्जा गरिसकेको छ ।
मिलर भन्छन्,‘म हवाई हमला भएको देख्न चाहन्न । तर यसका लागि तालिवानीले सबै प्रकारका हिंसा त्याग्नु पर्दछ । अमेरिकी सेनाको साथमा अझै पनि यति धेरै क्षमता छ कि उग्रवादीको विरुद्धमा दमदार हवाई हमला गर्न सक्दछ ।’
अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेसँगै तालिवानीहरूले विभिन्न जिल्लामा कब्जा जमाउँदै आइरहेका छन् ।
अमेरिकी अधिकारीका अनुसार चार जुलाईसम्ममा पुरै अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।