रामकुमारीले भनिन्– ओली बैठकले नयाँ र्यापर मात्र लगाएको हो

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको बैठकलाई पुरानै प्रोडक्टको संज्ञा दिएकी छिन् रामकुमारी झाँक्रीले ।

आज स्थायी कमिटी सदस्यहरु थप्दै ओली समूहको बैठकले केही दिनमा नै एमालेको केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले आफूहरुले राम्रो काम गरेको दाबी गरेका थिए ।

तर, यो बैठकलाई सामाजिक सन्जाल फेसबुकमा पुरानै प्रोडक्टमा नयाँ र्यापर मात्र लगाएको झाँक्रीले दाबी गरेकी छिन् ।

‘कस्टमर झुक्किनु पर्ने नै छैन,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘भ्रममा नपरौँ आजको ओली गुटको बैठक निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो ।’





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार २२:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया