काठमाडौंका यी ३२ स्थानमा भेरोसेलको दोस्रो डोज लगाइँदै

कोरोना भाइरसविरुद्धको  भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेबाट लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज खोप लगाउनका लागि ३२ स्थान तोकेको छ । 

पहिलो डोजको खोप भने जेठ २५ गतेदेखि २९ गतेसम्म देशैभर लगाइएको थियो ।  काठमाडौं जिल्लामा मात्र तीन लाख ७० हजार नागरिकलाई पहिलो डोजको खोप दिइएको थियो । 

स्वास्थ्य कार्यालय काठमाडौंले यसभन्दा अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकालाई पनि असार २२ गतेबाट लगाउन पाउने जानकारी दिएको छ । तर त्यसका लागि भने अघिल्लो पटक लगाइएको कार्ड देखाउनु पर्नेछ । 

काठमाडौं नगरपालिकाका शिक्षण अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतका विभिन्न अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

कुन-कुन स्थानमा लगाइँदैछ खाेप ?





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ६:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया