दिग्गज कलाकार नसीरुद्दिन शाह अस्पताल भर्ना

बलिउडका दिग्गज कलाकार नसीरुद्दिन शाह अस्पताल भर्ना भएका छन् । शाह मंगलबार मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका हुन् ।

७० वर्षीय शाहको फोक्सोमा निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको उनका म्यानेजरले जानकारी दिएका छन् । म्यानेजरका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।

तीन पटक राष्ट्रिय पुरस्कार जितेका शाहले पछिल्लो पटक विवेक अग्नीहोत्रीको ‘द ताश्कन्द फाईलस्’, सीमा पाहवाको ‘रामप्रसाद कि तेहरवी’, र जी ५ को ‘मी रक्सम’ मा अभिनय गरेका थिए ।

भारतीय चलचित्रमा गरेको योगदानका लागि भारत सरकारले उनलाई पद्मश्री र पद्मभूषणबाट पनि सम्मान गरिसकेको छ ।

सन् १९७५ मा रिलिज भएको फिल्म ‘निशान्त’ बाट उनले बलिउडमा प्रवेश गरेका थिए ।  हालसम्म उनले सयभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ९:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया