सान्चो युनाइटेड आउने पक्का

बोरुसिया डर्टमण्ड तथा इङ्ल्यान्डका विंगर जडेन सान्चो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्द हुने पक्का भएको छ । 

सान्चो बोरुसियाबाट ७३ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुन लागेका हुन् । 

२१ वर्षीय सान्चोलाई विश्व फुटबलमा प्रतिभाशाली युवा खेलाडीको रूपमा लिने गरिन्छ । 

उनी म्यानचेस्टर सिटीबाट सन् २०१७ मा डर्टमण्डमा अनुबन्ध भएका थिए । उनले शानदार तरिकाले डर्टमन्डमा चार वर्ष बिताए । डर्टमण्डका लागि उनले १३७ खेलमा ५० गोल गर्दै ६४ गोलका लागि अवशर प्रदान गरे । इङ्ल्यान्डका लागि उनले २० खेलमा ३ गोल गरेका छन् ।

सान्चो सन् २०२६ सम्मका लागि युनाइटेडमा अनुबन्ध हुने बताइएको छ । 
 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ११:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया