प्रतिरक्षा बहसमा पूर्व महान्यायाधिवक्ता खरेल, विपक्षीको बहस आज सकिएला ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस सुनुवाइ जारी छ । सोमबारबाट रिट निवेदनको विपक्षमा सरकारको तर्फबाट प्रतिरक्षा बहस चलिरहेको छ । 

आज सुरुमा सरकारको पक्षमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । सरकार बुधबारको बहस सकिँदा रिट निवेदनको विपक्षमा बहस गर्ने समय साढे ४ घण्टा बाँकी थियो । 

रिट निवेदनको विपक्षमा हुने बहस आज सकिने सम्भावना छ । यसअघिका प्रायजसो करिब ४ घण्टा बहस भइरहेकाले छ। आज बहसको समय केही लम्बिएमा सरकार पक्षको बहस सकिने सम्भावना छ । 

बुधबार तीन सह महान्याधिवक्ता र तीन निजी कानुन व्यवसायीले सरकारको पक्षमा बहस गरेका थिए । 

सरकार पक्षले प्रतिरक्षा बहसका लागि ७ घण्टा ३० मिनेट सरकारी वकिलबाट र ७ घण्टा ३० निजी वकिलबाट बहस गर्ने गरी समय भागवण्डा गरेका थिए ।





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १२:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया