दुई ठाउँ पहिरो गएसँगै मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध
फाइल फाेटाे

मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका ६ पाँचकिलो र चारकिलोमा पहिरो गएसँगै सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम सुरु भइसकेकाले तीन घन्टाभित्रमा पहिरो हटाइ सडक सुचारु गर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहीबार पनि विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार ८:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया