सुकीलाई रिहा गर्न म्यानमारको सेनालाई युएनको आग्रह

संयुक्त राष्ट्रसंघले म्यानमारमा सैन्य कु पछि सेनाको नियन्त्रणमा रहेका नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टलाई रिहा गर्नका लागि आह्वान गरेको छ । युएनले बिनाशर्त दुवैजनालाई रिहा गर्नका लागि आग्रह गरेको हो । 

युएनका महासचिव एन्टोनियो गुटरेसले पछिल्लो ५ महिनादेखि म्यानमारको सेनाको नियन्त्रणमा रहेका सुकी र मिन्टसहित हिरासतमा रहेका अन्य राजनीतिक व्यत्तिःलाई रिहा गर्नका लागि सेनालाई आग्रह गरेका युएनका प्रवक्ताले बताएका छन् । 

गत फेब्रुअरी १ मा म्यानमारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गर्दै शासन आफ्नो हातमा लिएको थियो । सँगसँगै सेनाले राष्ट्रपति मिन्ट, नेतृ सुकीसहित उनको पार्टीका नेताहरुलाई नजरबन्दमा राखेको थियो । 

युएनका प्रवक्ता इरी कानेकोलाई उधृत गर्दै समाचार संस्था अलजजिराले गुटरेसले म्यानमारको सेनालाई मनोमानी पूर्ण ढंगबाट नियन्त्रणमा लिइएको सुकी, मिन्टसहितका नेताहरुलाई बिनाशर्त तत्काल रिहा गर्नका लागि आह्वान गरेका लेखेको छ । 

यसअघि म्यानमारको सेनाले करिब २ हजार जनालाई बुधबार रिहा गरेको थियो । म्यानमारका स्थानीय सञ्चारमाध्यमका अनुसार जनप्रदर्शनमा सहभागी तथा पत्रकारसहित २ हजार जनालाई सेनाले रिहा गरेको हो । 

यसैबीच, म्यानमारको सबैभन्दा ठूलो सहर यङ्गुनमा जम्मा भएका प्रदर्शनकारीले म्यानमारको सेनाको बर्दी जलाएर प्रदर्शन गरेका छन् । उनीहरुले प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै सेनाको बर्दी जलाएका हुन् । 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १२:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया