कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरिरहेका यी ५ डिफेन्डर

यति बेला विश्वकै पुरानो र दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भइ रहेको छ । प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् र शनिबारबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।

प्रतियोगितामा नेइमार, लियोनल मेसी, लुईस स्वारेज, एडिन्सन काभानीजस्ता विश्व फुटबलमा नाम चलेका खेलाडीको सहभागिता रहेको छ ।

कोपा अमेरिकामा अहिले केही डिफेन्डरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जसको बारेमा यहाँ चर्चा गरिनेछ ।

ग्यारी मेडल (चिली)

चिलीले यसपटकको कोपा अमेरिकामा निकै अनुभव खेलाडीको साथ पाएको छ । तीमध्ये एक हुन डिफेन्डर ग्यारी मेडल ।



३३ वर्षीय मेडलले यो उमेरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी डिफेन्स मात्र नभएर मिडफिल्डमा पनि खेल्न सक्ने क्षमता राख्छन् ।

सेभिल्ला, कार्डिफ सिटी, इन्टर मिलानजस्ता टिमबाट खेली अनुभव बटुली सकेका मेडल अहिले इटालियन क्लब बोलोग्नाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।



उनले देशका लागि १३३ खेल खेल्दा ७ गोल गरेका छन् ।
  
डिएगो गोडिन (उरुग्वे)

गोडिन वर्तमान समयका एक उत्कृष्ट डिफेन्डरमध्ये एक हुन् । उरुग्वे टिमको नेतृत्व समेत सम्हाली रहेका उनले देशका लागि १४५ खेलमा ८ गोल गरेका छन् । 

लामो समय स्पेनिस क्लब एट्लेटिको मड्रिडमा बिताएका यी ३५ वर्षीय सेन्टर ब्याक हाल इटालियन क्लब काग्लियरीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । 

इडर मिलिटाओ (ब्राजिल)

मिलिटाओ एक उत्कृष्ट युवा डिफेन्डर हुन । उनले डिफेन्समा मात्र नभएर आक्रमणमा पनि सहयोग गरिहेका हुन्छन् । २३ वर्षीय सेन्टर ब्याक मिलिटाओले ब्राजिलका लागि मात्र १३ खेल खेल्दा १ गोल गरेका छन् । 

राम्रो सम्भावना बोकेको खेलाडीको रूपमा स्थापित गरिसकेका मिलिटाओ अहिले स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

क्रिस्टियन रोमेरो (अर्जेन्टिना)


युवा डिफेन्डर रोमेरोका लागि यो पहिलो कोपा अमेरिका हो । उनले पहिलो सिजनमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिच्न सफल भए । 

रोमोरोले अर्जेन्टिनाका लागि मात्र ४ खेल खेल्दा १ गोल गरिसकेका छन् । छोटो समयमा नै आफूलाई प्रमाणित गरेका २३ वर्षीय सेन्टर ब्याक अहिले एट्लान्टाबाट लोनमा व्यावसायिक फुटबल खेलिरहेका छन् । 

मार्किन्होस (ब्राजिल) 

मार्किन्होसको प्रेरणादायी भूमिकामा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । २७ वर्षीय मार्किन्होस वर्तमान समयका एक उत्कृष्ट डिफेन्डरमध्ये एक हुन र कोपा अमेरिकामा उनले यसलाई प्रमाणित पनि गरेका छन् ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका सेन्टर ब्याक मार्किन्होसले देशका लागि ५६ खेलमा ३ गोल गरेका छन् । 

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १४:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया