ओलीको व्यङ्ग्य : सधैँ यताउता नगर्नुस्, वामदेवले भने- माधव नेपालबिना एकता काम छैन

नेकपा एमालेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका उपाध्यक्ष वामदेव गौतमले माधव नेपालबिना एमाले एकता काम नभएको बताएका छन् । गौतमले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै सबैको अस्तित्व हुनुपर्ने बताए । 

बालुवाटारमा जारी बैठकमा बोल्दै गौतमले अहिले एमालेमा नेता नेपालबिना एकताको खास मतलब नहुने बताए । गौतमले आफू व्यक्तिगत रुपमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा रहेको बताउँदै नेपाल समूहलाई पनि सम्मानजनक स्थान दिनुपर्ने धारणा राखे । 

गौतमले एकताका लागि हतार गरेर नेता नेपालबिना एकता गर्दा पार्टीलाई फाइदा नुहने भन्दै नेपालसहित सम्मानजनक एकता हुनुपर्ने बताए । उनले नेकपा एमालेको केन्द्रीय कमिटीमा माधव समूह पनि बराबरकै जस्तो हैसियतमा रहेको पनि स्मरण गराए । 

यसअघि सम्बोधनका क्रममा अध्यक्ष ओलीले गाैतमलाई कहिले यता कहिले उता नगर्न भन्दै व्यङ्ग्य गरेका थिए । उनले धेरैपछि गौतम पार्टीको बैठकमा उपस्थित भएको भन्दै अब जाने आउने नगर्न भनेका थिए ।





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १४:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया