जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखले जबरजस्ती करणी गर्न खोजेको आरोपमा १८ वर्षीया युवालाई पक्राउ गरेको छ । जिल्लाको नारायण नगरपालिका-८ बस्ने दीपेन्द्र नेपाली (परिवर्तित नामथर) लाई पक्राउ गरिएको हो ।

शुक्रबार दिउँसो साढे ४ बजेतिर नगरपालिका ८ तर्ताङस्थित जिल्ला पशु सेवा कार्यालयको पूर्व तर्फको भिरालो जमिनमा जबरजस्ती करणी गर्न खोजेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भई जिल्ला अदालत दैलेखबाट पहिलो पटक १० दिन म्यादथप भएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १९:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया