कर्णाली प्रदेश अस्पतालका सम्पूर्ण सेवा सुचारु

कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेका प्रदेश अस्पताल सुर्खेतका सम्पूर्ण सेवा सुचारु भएका छन् । 

कोरोनाका कारण अस्पतालले इमरजेन्सी, ओपिडी र अप्रेसन सेवालाई मात्रै निरन्तरता दिएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि अस्पतालले सम्पूर्ण सेवा सुरु भएको जानकारी दिएको छ । 

असार १७ गते बिहीबारदेखि सम्पूर्ण सेवा सुचारु भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । बिहीबार नै सूचना निकालिए पनि शनिबार मात्रै सार्वजनिक गरिएको छ । 

कोरोना संक्रमित बिरामीको अत्यधिक चाप बढेसँगै गएको वैशाखबाट अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको थियो । 





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १९:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया