आजको मौसम कस्तो छ ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिकै मनसुनी न्युन चापीय रेखा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन भारी वर्षाको सम्भावना रहेको छ । 



प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 



  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ६:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया