वेस्ट इन्डिज विरुद्धको टि-२० सिरिज दक्षिण अफ्रिकालाई

घरेलु टोली वेस्ट इन्डिजविरुद्ध ५ खेलको टि-२० सिरिजको  पाँचौ तथा अन्तिम खेलमा पाहुन टोली दक्षिण अफ्रिाकाले २५ रनको जित दर्ता गरेको छ । 

यो जितसँगै दक्षिण अफ्रिाकाले सिरिजमाथि पनि कब्जा जमायो । 

दक्षिण अफ्रिकाले  दिएको १६९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि इभन लुइसले र्अशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।

उनले ३४ बलमा ५ चौका र ३ छक्काको मद्दतले ५२ रनको योगदान दिए । सिम्रोन हेटमायरले ३३, निकोलस पुरनले २० र कप्तान किरोन पोलार्डले १३ रन जोडे ।

वेस्ट इन्डिजका अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् । 
दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले ३, कागिसो राबडा र विआन मुल्डरले समान २-२ विकेट लिँदा ताबरेज साम्सी र जर्ज लिन्डेले समान १–१ विकेट हात पारे।



यसअघि नेसनल क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि एडिन माक्रम र क्विनटन डि ककले उत्कृष्ट प्रदर्शन गरे । माक्रमले ४८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ७० रनको योगदान दिए । 



डि ककले ४२ बलमा ४ चौका र २ छक्काको मद्दतले ६० रन बनाए । अविजित रहेका डेविड मिलरले १८ र विआन मुल्डरले ९ रन जोडे । 
वेस्ट इन्डिजका फिडेन इवाड्र्सले २, ड्वेन ब्राभो र ओवेड म्याकक्वेले १–१ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी हुँदा, दक्षिण अफ्रिका दोस्रो खेलमा १६ र तेस्रो खेलमा १ रनले विजयी भयो । चौथो खेलमा वेस्ट इन्डिजले २१ रनको जित हात पारेको थियो ।  
 

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ६:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया