राष्ट्रिय परीक्षा बोर्डले साउनको अन्तिम साताबाट कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन गर्नका लागि सरकारसँग अनुमति मागेको छ । बोर्डले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको हो ।
बोर्डले सरकारले अनुमति दिए परीक्षाको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरू सबै अनलाइनको पहुँचमा छैनन् । जस कारणले गर्दा भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने योजना रहेको बोर्डले जनाएको छ ।
परीक्षा सञ्चालनको अनुमति सिसिएमसीले दिनेछ । यसभन्दा अगाडि जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा सिसिएमसीले रोकेको थियो ।
कोरोना भाइरसको संक्रमण नघटेकाले होम सेन्टरमै परीक्षा हुने सम्भावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।