ब्राजिलमा जारी दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार बिहान क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनल प्रवेश गर्ने ४ टोलीको टुङ्गो लागेको हो ।
यसपटकको कोपा अमेरिकामा ब्राजिल पेरु, कोलम्बिया र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाउँदा चिली, पाराग्वे, उरुग्वे र इक्वाडरको यात्रा भने क्वाटरफाइनलबाटै टुङ्गिएको छ ।
सेमिफाइनलका खेल मंगबार र बुधबार हुनेछन् ।
सेमिफाइनलमा यी टिम भिड्नेछन्ः
ब्राजिलविरुद्ध पेरु
ब्राजिलले चिली र पेरुले पाराग्वेको चुनौतीलाई पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
यी दुईबीचको खेल मंलबार बिहान पौने ५ बजे निल्टन सान्तोष फुटबल मैदानमा हुनेछ ।
अर्जेन्टिनाविरुद्ध कोलम्बिया
अर्जेन्टिनाले इक्वेडर तथा कोलम्बियाले उपाधि दाबेदार मनिएको उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
यी दुईबीचको खेल बुधबार बिहान पौने ७ बजे माने गारिन्चा फुटबल मैदानमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।