दक्षिण अफ्रिकामा एकैदिन २६ हजारमा कोरोना संक्रमण

दक्षिण अफ्रिकामा पछिल्लो २४ घन्टामा थप २६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । 

दक्षिण अफ्रिकामा अहिलेसम्म बीस लाख ४६ हजार ३११ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ६१ हजार ५०७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लाे समय दक्षिण अफ्रिकामा डेल्टा भेरियन्टकाे संक्रमण बढिरहेकाे छ । 

दोस्रो लहरभन्दा तेस्रो लहर बढी खतरनाक हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

दक्षिण अफ्रिकाको सरकारी तथ्यांक अनुसार कुल जनसंख्याको ५ प्रतिशतमा मात्र भ्याक्सिन लगाइएको छ । 
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ९:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया