युरो कप : १६ पेनाल्टी दिइँदा १० सदुपयोग, ६ मिस

युरोपियन फुटबलको सबैन्दा ठुलो प्रतियोगिता युरो कपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

यसपटकको युरोमा स्पेन, इटाली, डेनमार्क र इङ्ल्याले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

उपधि दाबेदार मानिएका साविक विजेता पोर्चुगल, फ्रान्स र जर्मनीले भने अन्तिम १६ भन्दा अगाडिको यात्रा तय गर्न सकेनन् ।

युरो कप अन्तर्गत क्वाटरफाइनका खेलाहरू सम्पन्न भइसक्दा हालसम्म १६ पेनाल्टी दिइएको छ । जसमा १० पेनाल्टी सदुपयोग हुँदा ६ मिस भएका छन् । 

यो युरोकपको पहिलो पेनाल्टी डेनमार्क र फिनल्यान्डबीचको खेलमा दिइएको थियो तर त्यसलाई डेनर्माकका पियरे इमिलले सदुपयोग गर्न भने सकेनन् । 

युरोमा सर्वाधिक पेनाल्टी प्राप्त गर्ने टोली हो पोर्चुगल । पोर्चुगलले तीन पटक पेनाल्टी प्राप्त गरेको छ । 



पोर्चुगलले समूह चरणमा हंगेरीविरुद्ध १ र फ्रान्सविरुद्ध २ पेनाल्टीको अवसर प्राप्त गरेका थियो । जसलाई कप्तान क्रिस्टियानो रोनाल्डोले सदुपयोग गरे ।

फ्रान्स र पोर्चुगलविरुद्धको खेलमा ३ पेनाल्टी दिइएको थियो । जुन युरो २०२० को एकै खेलमा दिइएको सर्वाधिक हो ।



यो खेलमा पोर्चुगलले २ र फ्रान्सले १ पेनाल्टीको अवसर पाएका थिए । जसलाई दुवै टोलीले सदुपयोग गरे । 

युक्रेन र उत्तरी म्यासेडोनियाबीचको खेलमा दुवै टिमले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । 

म्यासेडोनियाका एजान एलिओस्की र युक्रेनका रुस्लान मिलानोभस्की पेनाल्टीमा चुक्न पुगे । 

एकभन्दा बढी पेनाल्टी पाएर पनि सदुपयोग गर्न नसक्ने टोली हो स्पेन । स्पेनले पाएका दुई पेनाल्टी अवसरलाई सुदपयोग गर्न सकेन । 

पोल्यान्डविरुद्ध जेरार्ड मोरिनो र स्लोभाकिया विरुद्ध अल्भारो मोराटाले गोल असफल रहे । 
 

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १२:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया