बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका थप १ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो ।
सिगास गाउँपालिका ३ का ४५ वर्षीय जयसिंह धामीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
यसअघि सो दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ वर्षीय मानसिंह साँउद र सोही ठाउँका ६४ वर्षीय रामसिंह धामीको पनि मृत्यु भएको थियो ।
सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
सिगास गाउँपालिका ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४० वर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।