ओलीले उपधारा छलेका छन्, संसद पुनःस्थापना हुन्छ : योगेश भट्टराई
फाइल तस्बिर

सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले संसद पुनःस्थापना हुने बताएका छन् । ताप्लेजुङमा पत्रकारहरुसँग कुरा गर्दै सम्बोधन गर्दै भट्टराईले संसद पुनःस्थापना हुने बताएका हुन् । 

अघिल्लो पटक संसद पुनःस्थापनाको नजिर भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा रहेको व्यवस्था छलेका कारण यसपटक पनि संसद पुनःस्थापना हुने भट्टराईको दाबी छ । 

सर्वोच्च अदालतको सोही मुद्दामा यसअघिको नजिरका कारण संसद फर्कने दाबी भट्टराईले गरे । उनले भने, ‘अघिल्लो पटक संसद पुनःस्थापनाको तर्कहरु जति बलिया थिए, अहिले पनि पुनःस्थापनाका तर्कहरु उत्तिकै बलिया छन्, दमदार छन् ।’ 

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ४ लाई प्रयोग नगरेकाले पनि संसद पुनःस्थापना हुने भट्टराईको तर्क छ । उनले भने, ‘उपधारा ४ लाई प्रयोग नगरी उहाँ ७६(५) मा जानुभयो । एउटा सम्भावना ७६(४) प्रयोग नगरी ५ मा जानुभएकाले एउटा सम्भावना त्यहाँ छ । 

भट्टराईले राष्ट्रपतिको अधिकार उपधारा ५ मा कति हुने भन्ने विषयमा पनि अब आउने फैसलाले थप प्रष्ट पार्ने बताए । उनले उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि ओली र कांग्रेस सभापति देउवाले गरेको दाबीमा राष्ट्रपतिको निर्णयमा पनि अदालतले स्पष्ट पार्ने अपेक्षा राखे । 

भट्टराईले भने, ‘अर्को ७६(५) मा दुई वटा दाबीहरु परे । राष्ट्रपतिले ती दाबीमाथि आफू विश्वस्त हुन सकिन भनिरहनुभएको छ । अहिले अदालतमा सोही विषयमा तर्कहरु भइरहेका छन् ।’





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १४:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया